aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
स्थानीय तहमा कर्मचारी भर्ना विवाद

लोकसेवाको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ जेठ २०७६
लोकसेवाको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लोक सेवा आयोगलाई स्थानीय तहका निम्ति   कर्मचारी माग गर्दै आह्वान गरिएको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । समितिको आज  बसेको बैठकले सो निर्देशन दिएको हो ।

९ हजारजना भन्दा बढी कर्मचारी माग गर्दै प्रकाशित गरिएको विज्ञापन समावेशी नभएको भन्दै सांसद र तथा विद्यार्थीहरुले विरोध गर्दै आएका छन् । यता सो विज्ञापनअनुसार दर्खास्त हाल्नेको संख्या पनि उच्च रहेको छ ।

आयोग स्रोतका अनुसार ७० हजारभन्दा बढीले दर्खास्त दिएका छन् । आज राज्य व्यवस्था समितिले  संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबााबु पण्डितसँग  छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस