
काठमाडौं । विहीबार बसेको पुनर्गठित मन्त्रिपरिषदको बैंठकले करिब आधा दर्जन सचिवहरु सरुवा गरेको छ । सूर्यप्रसाद गौतम युवा तथा खेलकुद मन्त्रालय उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट खेलकुदमा पुगेका हुन । त्यस्तै, खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरिद अनुगमन कार्यालय पुर्याइएका छन् ।
सचिव केदार न्यौपाने प्रधानमन्त्रीको कार्यालयबाट उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् । त्यसैगरि, खगराज बराल उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगका सरुवा गरिएको छ । आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंह भने शहरी विकास मन्त्रालय पुगेका छन् । एकनारायण अर्याल काठमाडौं महानगरपालिकाबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन ।
भौतिक पूर्वधार मन्त्रालयमा सिंचाई मन्त्रालयमा रहेका रविन्द्रमान श्रेष्ठलाई सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयमा केहि महिना अघि मात्र स्वास्थ्य मन्त्रालयबाट लगिएका यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस