aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

प्रहरीमा ५२२७ जना प्रहरी जवानको लागि नयाँ भर्ना आव्हान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० असोज २०७७
प्रहरीमा ५२२७ जना प्रहरी जवानको लागि नयाँ भर्ना आव्हान

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदका लागि ५ हजार २ सय २७ जनाका लागि खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । 

प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर, दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ । 

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।उक्त भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ । 
 

प्रतिक्रिया दिनुहोस