aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

शक्तिपीठ र मन्दिरमा निषेधाज्ञा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ कार्तिक २०७७
शक्तिपीठ र मन्दिरमा निषेधाज्ञा

सप्तरी । महत्वपूर्ण चाड दशैं नजिकिएसँगै कोभिड–१९ संक्रमणलाई दृष्ट्रिगत गरी जिल्ला सुरक्षा समिति, सप्तरीले जिल्लाको शक्तिपिठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ । 

समितिको  बैठकले शुक्रबार राति ११ बजेदेखि आगामी मङ्सिर ७ गते राति ११ः३० बजे सम्मका लागि निषेधाज्ञाको अवधि कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरद्धारा जारी सूचनामा मन्दिरका तर्फबाट गरिने नित्य पूजापाठ बाहेकका अन्य सम्पूर्ण कार्य÷गतिविधि हुन÷गर्न निषेध गरिएको छ । 

प्रतिक्रिया दिनुहोस