aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ कार्तिक २०७७
ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

ललितपुर । ललितपुर जिल्लामा आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् । ललितपुर जिल्ला प्रशासन कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मको लागि त्यसरी सेवा स्थगित गरिएको जनाएको हो । 

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को निर्णय अनुसार ललितपुरमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको बताए । 

स्थानीय निकाय र  सवै सरोकारवाला निकायसँगको छलफल डिसिसीएमसीले सो निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ । ललितपुरमा  ‘विद्युत्त, खानेपानी र टेलिकम जस्ता सेवाहरु भने बन्द नहुने भट्टले बताए । शुक्रबार मात्रै ललितपुरमा तीन सय ७४ जना नयाँ संक्रमित थपिएका थिए । 

प्रतिक्रिया दिनुहोस