
काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छन । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि उपत्यकाका तीन जिल्लामा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्याएलय भक्तपुर र ललितपुरले आइतबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन । उनले भनिन, ‘ अत्यावश्यक सरकारी कार्यालय र अन्य सेवाहरु बन्द गरिएको हो । ललिपुर र भक्तपुर जिल्लामा आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो । ’
उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेको र कार्यालयकै कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएकाले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार आइतबारदेखि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको उनले बताइन ।
गत असोज २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाको कुनै पनि भागमा कुनै पनि सेवा रोक लगाउन सक्ने निर्णय गरेको थियो । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९०० नाघेकाले जिल्लाभित्रका सम्पूर्ण सरकारी कार्यालयका अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकाय लगायतसितको छलफल, परामर्श एवम् निष्कर्षका आधारमा सेवा प्रवाह बन्द गरिएको हो । जिल्लाका नगरपालिकाहरुले समेत अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । चाँगुनारायण नगरपालिकाले कार्यालयका कर्मचारी र केही जनप्रतिनिधिमा कोरोना संक्रमण बढेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । नगरपालिका कार्यालयले आगामी १५ गतेसम्मका लागि कार्यालय खाले पनि सीमित कर्मचारीले अत्यावश्यक सेवा मात्रै दिने गरी व्यवस्था गरेको छ ।
यस्तै सूर्यविनायक नगरपालिकाले आफ्ना सबै कर्मचारीको स्वाब सङ्कलन गरी कात्तिक २ देखि नगरपालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएको छ । नगरपालिकाले स्वाब दिएका सबै कर्मचारीलाई होम क्वारेन्टिनमा राखेको छ भने कात्तिक १२ गते पुनः कर्मचारीको पिसिआर परीक्षण गरी १५ गते रिपोर्ट आएपछि मात्रै १६ गतेदेखि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
काठमाडौं जिल्ला प्रशासनले भने, गत असोज २८ गतेदेखि नै बन्द गर्ने भने पनि थप निर्णय आज आउने बताइएको छ । उनले कार्यालयबाट शान्ति सुरक्षासम्बन्धी, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दाको सुनुवाइसम्बन्धी र विपद् व्यवस्थापन सम्बन्धी मात्र सेवा पाइन र उल्लेखित बाहेकका अरु सेवा स्थगित गरिएको उनले बताइन ।
प्रतिक्रिया दिनुहोस