aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

बन्द रहेका जिल्ला प्रशासनका सेवा पुनः सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
बन्द रहेका जिल्ला प्रशासनका सेवा पुनः सञ्चालन

मकवानपुर । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले आजदेखि  नागरिकता वितरणका साथै राहदानी सिफारिसलगायत अन्य शान्तिसुरक्षाको व्यवस्थापन पुनः शुरु गरेको छ । 

केही दिनअघि सो कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि यही कात्तिक १ गतेसम्म ती सेवा बन्द गरिएको थियो । सो कार्यालयमा सेवा लिन आउने सर्वसाधारणलाई प्रत्येक फाँटका कर्मचारीले सम्पर्क गरी सेवा सुविधा उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।
  
यसैगरी हेटौंडा उपमहानगरपालिकाले आज कात्तिक २ गतेदेखि ६ सम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय फिर्ता लिएको नगरप्रमुख हरिबहादुर महतले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस