काठमाडौं । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ ।
अष्टदलमा तीन सय ७९ तोला र भैरवमा तीन सय ३४ तोला थियो । अष्टदलमा ८५ र भैरवमा ८८।५ ९जम्मा १७३।५० तोला कम भएको पाइएको हो ।
पशुपति क्षेत्र विकास कोषले २ वर्षअघि नै यसबारे थाहा पाएर सोध्दै गुह्यश्वरीका पुजारीलाई पत्राचार गरेको थियो । तर, लामो समय त्यसलाई गुपचुप राखियो । कोषका पदाधिकारीलाई घटस्थापनाका दिन बर्षेनि गरिने पर्वपूजामा यसपटक पुजारीले रोके । त्यससँगै सुन हराएको प्रसंग पुनः खोतलिएको हो ।
प्रतिक्रिया दिनुहोस