aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

आईपीएलमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ कार्तिक २०७७
आईपीएलमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ

काठमाडौं । आईपीएलमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ परेका छन् । हाल यूएईमा जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाइनमार्फत सट्टेबाजी खेल खेलाउने तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कार्तिक २ गते राति साढे ११ बजे बिराटनगर महानगरपालिका–१६ स्थित भट्टीमोड बस्ने ३७ वर्षीय पुरुषोत्तम साहलाई पक्राउ गरेको हो ।  उनले फोनमार्फत आईपीएल खेल हार्ने वा जित्ने भनी अनलाइनमार्फत सट्टाबाजी गर्ने गरेको सूचना अधिकारी प्रहरीले जनाएको छ । 

सट्टेबाजीमा संलग्न ३५ वर्षीय मन्जित्र साह र २८ वर्षीय अपजर अलीसमेत पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुका साथबाट २८ हजार ५ सय रुपैयाँ, ३ थान मोबाइल, ३ वटा डायरी र र को १८ प ६८८९ नम्बरको पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिई जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस