रौतहट । ईशनाथ नगरपालिका-७ स्थित सडकबाट श्रोत नखुलेको नगद १० लाख रुपैयाँ सहित बारा सिम्रौनगढ नगरपालिका७ बस्ने २० वर्षीय दिपक पटेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले भारतबाट जयनगरतर्फ आउँदै गरेको ना.५३ च प ६२८४ नम्बरको मोटरसाइकल जाँच गर्दा पटेलले लगाएको हेल्मेटभित्र लुकाई राखेको उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस