काठमाडौं । लोक सेवा आयोगले सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आयोगले आज एक सूचना निकालेर सबै लिखित परिक्षा स्थगित गरिएको जनाएको हो ।
आयोगले परीक्षामा सहभागी हुने उम्मेदवारमा उत्पन्न भएको डर तथा आयोगका कर्मचारीसमेत सङ्क्रमित भएको भन्दै कात्तिक १६ गतेदेखि सञ्चालन हुने सबै लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।
कर्मचारीहरु आइसोलेशनमा बस्नुपर्दा परीक्षा सञ्चालन गर्न नसक्ने भएकोले निजामती सेवा, सुरक्षा निकाय र सङ्गठित संस्थातर्फका सबै परीक्षा स्थगित गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस