aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

‘कर्फ्यु  र संकटकाल लाग्ने सन्देश भ्रामक हो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
‘कर्फ्यु  र संकटकाल लाग्ने सन्देश भ्रामक हो’

काठमाडौं । आइतबार राति केही व्यक्तिका मोबाइलमा नेपाल–भारत सीमामा तनाव भएका कारण सशस्त्र प्रहरी तयारी अवस्थामा बसेको, देशमा संकटकाल कर्फ्यु लाग्ने, नागरिक घरभित्रै बस्नुपर्ने भनेर पुगेको सन्देश भ्रामक रहेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले एक विज्ञेप्ती निकालेर देशमा संकटकाल र कर्फ्यु लाग्ने हल्ला गलत र भ्रामक भएको जनाएको हो । 

गृह मन्त्रालयले सन्देश पूर्णतः गलत र भ्रामक भएको जनाएको छ । यो घटनाको अनुसन्धान अघि बढेको पनि गृहले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

आइतबार राति केही व्यक्तिका मोबाइलमा नेपाल–भारत सीमामा तनाव भएका कारण सशस्त्र प्रहरी तयारी अवस्थामा बसेको, देशमा सङ्कटकाल र कर्फ्यु लाग्ने, नागरिक घरभित्रै बस्नुपर्ने लगायतका सन्देश पुगेको थियो । 
  

प्रतिक्रिया दिनुहोस