
काठमाडौं । अमेरिका र बेलायतका राजदूतमा सिफारिसमा परेका पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा र पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीविरुद्ध विभिन्न मुद्दा परेका छन् । संघीय संसदको संसदीय सुनुवाई समितिमा विभिन्न उजुरी परेका हुन ।
पूर्व अर्थमन्त्री डा खतिवडाविरुद्ध तीन वटा र पूर्वमुख्य सचिव रेग्मीविरुद्ध एउटा उजुरी परेको समितिले जनाएको छ । समितिमा दर्ता गरिएको गुमनाम उजुरीमा खतिवडाले क्यापिटल मर्चेन्ट बैंक लिमिटेडसँग जोडिएको अर्बौंको बैंकिङ काण्डमा मौन रहेको आरोप लगाएको छ ।
विभिन्न कम्पनीसँग नाम जोडेर अकूत सम्पत्ति कमाएको आरोप लगाइएको छ । त्यस्तै रेग्मीले पनि सरकारी प्रशासनको दूरुपयोग गर्दै अर्बौ रकम कमाएको आरोप लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस