aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

प्रधानमन्त्री र सबै मन्त्रीले पाउने दशैँ खर्च कोरोना कोषमा जम्मा गर्ने मन्त्रिपरिषद्को निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
प्रधानमन्त्री र सबै मन्त्रीले पाउने दशैँ खर्च कोरोना कोषमा जम्मा गर्ने  मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन्। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए।

उनले स्थानीय तहका जनप्रतिनिधिलाई पनि यस्तै गर्न आग्रह गरिएको पनि बताए।यसअघि नेपाल कम्युनिष्ट पार्टीका सांसदले पनि दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेका थिए।

प्रतिक्रिया दिनुहोस