काठमाडौं । पशुपतिमा रहेको विद्युतीय शवदाह गृह चौबीसैं घण्टा सञ्चालनमा ल्याइने भएको छ । मन्त्रिपरिषद्को असोज २९ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सोमबार सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।
शवदाह गृहलाई २४ सैं घण्टा सञ्चालनमा ल्याउनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गर्ने र थप एक हाइब्रिड शव दाह गृह निर्माणका लागि स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने पनि मन्त्रिपरिषद्को निर्णय छ ।
प्रतिक्रिया दिनुहोस