
काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्को गत असोज २९ गते बसेको बैठकको निर्णय सार्वजनिक गरेका छन् । बैंठकले सचिवको सरुवादेखि श्रम अदालत गठनसम्म निर्णय गरेको छ ।
जसअनुसार नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने, अधिकार क्षेत्र तोक्ने र काठमाडौं मुकाम रहने गरी श्रम अदालत गठन निर्णय भएको छ । अदालतको अध्यक्षमा रामप्रसाद ओली र सदस्यमा प्रेमकुमार राई र नीशा बानिया रहेका छन् ।
यसैगरी नेपाली सेनाका प्राविधिक महासेनानी गजेन्द्रनाथ कर्माचार्यको पदावधि थप गर्ने, सचिवहरुको सरुवा गर्नेलगायतका निर्णय समेत बैठकले गरेको छ ।
यी हुन् निर्णयहरु
प्रतिक्रिया दिनुहोस