aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

आफ्नै काकाको हत्या अभियोगमा तामाङ पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
आफ्नै काकाको हत्या अभियोगमा तामाङ पक्राउ

कास्की । आफ्नै काका ५५ वर्षीय टंक बहादुर तामाङको हत्या गरेको अभियोगमा ओखलढुंगा सुनकोशी गाउँपालिका ५ बान्द्रे घर भएका ४६ वर्षीय ईन्द्र बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका २० मजुवा बिसौना बिजयपुर कोट पर्यटकीय पैदल मार्ग निर्माणको काम गर्दै आएका टंक बहादुर वैशाख १ गते बिहान आफू बस्दै आएको मजुवास्थित छाप्रोमा मृत अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वयमा उक्त कार्यमा संलग्न ईन्द्रलाई लमजुङ मध्यनेपाल नगरपालिका(२ सोतीपसलबाट पक्राउ गरेको हो ।

गत वैशाख २० गते बेलुका टंक र ईन्द्र समेतका व्यक्तिहरुले रक्सी सेवन गरी बसेकोमा भाँडा खसालेको बिषयमा टंक र ईन्द्रबीच चर्काचर्की झगडा हुँदा ईन्द्रले टंकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

ईन्द्र उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस