aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

श्रोत नखुलेको १२ लाख बढी नगद बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
श्रोत नखुलेको १२ लाख बढी नगद बरामद

बारा । सिम्रौनगढ नगरपालिका ९ कचोर्वास्थित पिपराघाटबाट श्रोत नखुलेको नगद १२ लाख ३४ हजार ५ सय ९५ रुपैयाँ सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीलाई देख्ना साथ आफूले बोकेको झोला छाडी फरार भएपश्चात झोला जाँच गर्ने क्रममा विभिन्न दरका उक्त नगद बरामद भएको हो ।

बरामद रकम आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस