
काठमाडौं । सरकारले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतलाई विभिन्न मन्त्रालयमा सरुवा गरेको छ । मधुसूदन अधिकारी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिवमा, खगराज बराल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवमा, देवेन्द्र कार्की नेपाल ट्रष्टको कार्यालयको कार्यकारी सचिवमा, डा रमेशप्रसाद सिंह शहरी विकास मन्त्रालयका सचिवमा रहेका छन् ।
त्यस्तै यादवप्रसाद कोइरालालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवमा, केदार न्यौपानेलाई उपराष्ट्रपतिको कार्यालयका सचिवमा, सूर्यप्रसाद गौतमलाई सार्वजनिक खरीद अनुगमन कार्यालयको कार्यालय प्रमुखमा सरुवा गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।
रवीन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवमा, एकनारायण अर्याललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवमा र सागरकुमार राईलाई जल तथा ऊर्जा आयोगको सचिवालयका सचिवमा सरुवा भएका छन ।
प्रतिक्रिया दिनुहोस