aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

चिनियाँ सैनिक पक्राउ गरेको भारतीय सेनाको दावी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
चिनियाँ सैनिक पक्राउ गरेको भारतीय सेनाको दावी

एजेन्सी । भारतीय सेनाले चीनसँगको विवादित सीमा क्षेत्र लद्दाखको चुमरडेमचोक क्षेत्रमा चिनियाँ सैनिकलाई पक्राउ गरेको दावी गरेको छ । भारतीय मिडियाले सोमबार जनाए अनुसार भारतीय सेनाले एक चिनियाँ सैनिकलाई पक्राउ गरेको दावी गरेको हो । 

साथै ती चिनियाँ सैनिकले आफू भूलवश भारतीय भूमिमा प्रवेश गरेको बताएका छन् ।

चिनियाँ सेनाले भने पक्राउ परेका ती सैनिकबारे जानकारी मागेको भारतीय सेनाको दावी छ । भारत र चीनका सेनाबीच लद्दाखस्थित सीमा क्षेत्रमा गत वर्षदेखि नै तनाब सिर्जना भएको छ । यसअघि चिनियाँ सेनाको आक्रमणबाट २२ भारतीय सैनिक मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस