aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

कोरोना नियन्त्रण गर्न रातभरि देशव्यापी ‘कर्फ्यू’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ कार्तिक २०७७
कोरोना नियन्त्रण गर्न रातभरि देशव्यापी ‘कर्फ्यू’

स्लोभानिया  । कोरोनाभाइरसको महामारी फैलिदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै स्लोभानियामा देशव्यापी कफ्र्यु घोषणा गरिएको छ । देशव्यापी कफ्र्यु रातिमा मात्रै लागु हुने र मङ्लबारदेखि शुरु हुने अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

युरोपेली मुलक स्लोभानियामा पछिल्लो समय कोरोनाभाइरसको महामारी अत्यन्त नराम्रोसँग फैलिएको समाचारमा जनाइएको छ । हरेक बेलुका नौ बजेदेखि विहान ६ बजेसम्म कफ्र्यु लागु हुने भएको छ भने ६ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइएने भएको छ । त्यसैगरी कतै हिडडुल गर्नु परेमा पनि पर्याप्त र अत्यावश्यकता ठहरिने कारण देखाउनु पर्ने व्यवस्था गरिएको छ ।

स्लोभानियामा सरकारले पनि औपचारिक रुपमा देशमा कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको छ ।  देशमा सोमबार मात्रै ५३७ जनाका कोरोनाभाइरसको नयाँ सङ्क्रमण पुष्टि भएको छ । कुल दुई हजार ६३७ जनाको कोरोना परीक्षण गर्दा त्यति जनामा कोरोनाभाइरसको सङ्क्रमण भएको देखिएको हो । महामारी फैलिन शुरु भएदेखि स्लोभानियामा अहिले पहिलो पटक कफ्र्यु लागु गर्ने घोषणा गरिएको हो । 

प्रतिक्रिया दिनुहोस