aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अमेरिकामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
अमेरिकामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी । अमेरिकाको होमरमा अलास्का नजिक ७.३ रेक्टरको भूकम्प गएको छ । अन्तराष्टिय सञ्चार माध्यमका अनुसार भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको छ । भूकम्प नेपाली समयअनुसार बिहान साढे २ बजेतिर गएको हो । 

केही स्थानमा सुनामीका साना लहर पनि देखिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन संघर्षरत अमेरिकामा अब सुनामीको खतरा पनि देखिएको छ । 

नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्पको केन्द्र होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम छ । भूकम्प १० किलोमिटरको गहिराइमा गएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस