aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

माधव नेपालद्वारा सरकारको विरोध, कोरोना संक्रमितको उपचार नगर्ने निर्णय तत्काल फिर्ता गर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ कार्तिक २०७७
माधव नेपालद्वारा सरकारको विरोध, कोरोना संक्रमितको उपचार नगर्ने निर्णय तत्काल फिर्ता गर

काठमाडौं । नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको विरोध गरेका छन् । सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णयको मंगलबार एक विज्ञप्ति निकालेरै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन ।

 सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आपत्तिजनक भएको उनले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन । माधब नेपालले कोरोना माहामरीका बेला नागरिकलाई अन्याय गरेको भन्दै सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गर्नु गैर जिम्मेवारी भएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस