aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

दुई दिनदेखि बेपत्ता प्रहरी जवानको शव नदी भित्र गाडेको अबस्थामा फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ कार्तिक २०७७
दुई दिनदेखि बेपत्ता प्रहरी जवानको शव नदी भित्र गाडेको अबस्थामा फेला

धनगढी । दुई दिनदेखि बेपत्ता प्रहरी जवान  रामबहादुर साउदको शव फेला परेको छ। प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीमा फेला परेको हो।

शनिवारराति नेपाल–भारत सीमा क्षेत्रमा नियमित गस्तीमा जाँदा सोही राति नै दुवै जनाको हत्या भएको थियो । धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत उहाँहरु राति साढे १० बजेबाट सम्पर्कविहीन भएका थिए । 

आइतबार बिहान मोहना नदीमा बिकको शव फेला परे पनि साउदको अवस्थाभने दुई दिनसम्म अज्ञात रहेको थियो । निरन्तरको खोजी प्रयासपछि आज विहान नदीमा पानीभित्र शव गाडिएको अवस्थामा फेला पारेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

मृतक साउँदको शरीरको अन्य भाग बालुवाले छोपिए पनि खुट्टा भने पानीभित्र देखिएको जनाइएको छ । खुट्टा देखिएको आधारमा शव फेला पारिएको हो ।
घटना भएको स्थानमा देखिएको दृश्य र फेला परेको प्रमाण अनुसार दुवै जनाको अन्यत्र हत्या गरेर नदीमा फालिएको प्रहरी निष्कर्ष छ । आपराधिक समूहले दुवै जना प्रहरीको हत्या नजिकको उखुबारीमा गरेको प्रहरी अनुमान छ ।

घटना भएको क्षेत्र तस्करीको ट्रान्जिट प्वाइन्ट मानिन्छ । नजिक रहेको भारतीय पारासरिया, सुडा, बनगटी बजारबाट विभिन्न सामान तस्करी हुँदै आएको छ । दुवै प्रहरीको तस्कर समूहले नै निर्ममतापूर्व हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

स्थानीय तस्करले तस्करी गरेर ल्याउँदै गरेको सामान अस्थायी प्रहरी चेकपोष्टले पक्राउ गरेको चार दिनपछि घटना भएको हो । हत्याबारे अनुसन्धान गर्न प्रहरीले घटना भएको आसपास गाउँका १६ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको पृष्ठभूमि तस्करीसंग सम्बन्धित रहेको जनाइएको छ । उनीहरुसँग सोधपुछ भइरहेको प्रहरी भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस