aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

अत्यावश्यक नभई घरबाहिर ननिस्कन काठमाडौं प्रशासनको अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ कार्तिक २०७७
अत्यावश्यक नभई घरबाहिर ननिस्कन काठमाडौं प्रशासनको अनुरोध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक नभई घरबाहिर ननिस्कन आग्रह गरेको छ। कोरोना संक्रमण जोखिम अझ बढ्न सक्ने अवस्था देखिएकाले व्यक्तिगत तथा सामूहिक रूपमा सचेतन अपनाएर जो जहाँ भएको अवस्था छ सोही ठाउँमा रहेर चाडबाड मनाउन प्रशासनले आग्रह गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जारी गरेको अनुरोधपत्रमा व्यक्तिगत तथा सामूहिक सचेतता अपनाइ जो जहाँ छौं त्यही ठाउँमा पर्व मनाउन आग्रह गरिएको छ । प्रशासनले घरबाहिर निस्कनै पर्नै भएमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ ।

चाडपर्वमा कोरोनाको महामारी नफैलियोस् भन्नको लागि काठमाडौं प्रशासनले गत भदौं ३१ गते जारी गरेको आदेशको पूर्ण पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनले चाडपर्वमा फैलिन सक्ने कोभिडको महामारी न्यूनीकरणको लागि भन्दै असोज २७ गतेदेखि अत्यावश्यक बाहेकका प्रशासनबाट हुने सबै सेवा स्थगित गरेको छ ।

 त्यस्तै, प्रशासनले आफैं बजार अनुगमनमा गएर स्वास्थ्य मापदण्ड विपरीत काम गर्ने व्यवसायीलाई कारबाही पनि गर्दै आएको छ । यसैबीच प्रशासनले सर्वसाधारणलाई समेत अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह गरेको हो। निस्कन परेमा स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ। 

प्रतिक्रिया दिनुहोस