aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

नदी तथा खानीजन्य पदार्थको उत्खनन र बिक्रीवितरण बन्द गर्न आग्रह

  • रासस
    रासस
  • मंगलबार, ०४ कार्तिक २०७७
नदी तथा खानीजन्य पदार्थको उत्खनन र बिक्रीवितरण बन्द गर्न आग्रह

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाभित्र मापदण्ड विपरीत सञ्चालित ढुङ्गा, बालुवालगायत नदी तथा खानीजन्य पदार्थको उत्खनन, ओसारप्रसार, भण्डारण र बिक्रीवितरणसँग सम्बन्धित सबै उद्योग एवं अन्य गतिविधि बन्द गर्न आग्रह गरेको छ । सहायक प्रजिअ ललितकुमार बस्नेतले आज सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि सो कार्य बन्द गर्न अनुरोध गरेका हुन् । 

प्रजिअ नारायणप्रसाद भट्टका अध्यक्षतामा प्रतिनिधिसभा र वाग्मती प्रदेशसभाका सदस्यका साथै स्थानीय जनप्रतिनिधि, एवं सरोकार निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ । 

उक्त सूचनामा नदी तथा खानीजन्य पदार्थको व्यवस्थापन सम्बन्धमा अध्ययन र अनुगमन गरी सुझाव पेश गर्न डिभिजन वन कार्यालय र ललितपुरका कार्यालय प्रमुखको संयोजकत्वमा सम्बद्ध अन्य निकायका प्रतिनिधि रहेको  कार्यदल गठन गरिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस