
एजेन्सी । भारतको समस्याग्रस्त कम्पनी दीवान हाउसिंग फाइनेन्स लिमिटेड (डीएचएफएल) का संञ्चालक कपिल वधावान हाल जेलमा छन् । उनले आफूलाई रिहा गर्न अनुरोध गरेका छन् । उनीमाथि ४४ हजार करोडको परिवारको सम्पत्ति दिन तयार छन् । जुन रकमबाट बैंकहरुको ऋण लण चुक्ता गर्न सकिन्छ ।
डीएचएफएलका प्रमोटरले यो पत्र रिजर्व बैंकले नियुक्त गरेका प्रशासक आर सुब्रमण्यन कुमारलाई लेखेका छन् । कपिल वाधवन हाल उनका भाई धीरज वाधवानसँग मुंबईको तलोजा जेलमा छन्। वाधवान भाइहरुलाई अप्रिलमा मनी लान्ड्रिंग कानूनको उल्लंघन जस्ता विभिन्न आरोपहरुमा न्यायिक हिरासतमा पठाइएको थियो।
कपिल वाधवानले पत्रमा आफ्नो परिवारको विभिन्न घर जग्गा परियोजनाको अधिकार, स्वामित्व र शेयर हस्तान्तरण गर्न तयार छन् । यस सम्पत्तिको अधिकतम मूल्य प्राप्त गर्न र डीएचएफएलको लिलामी प्रक्रिया पूरा गर्न सहज होस ।
समाचार एजेन्सी पीटीआईका अनुसार अक्टुबर १७ मा लेखिएको यो पत्रले बजार तल १५ प्रतिशत कम मूल्यांकन गर्दा पनि उनको सम्पत्ति ४३,८७९ करोड रुपैयाँ भारु बराबरको रहेको छ ।
वाधावानले भने, जब सेप्टेम्बर २०१८ मा गैर बैंकिंग वित्तीय कम्पनी (एनबीएफसी) आईएल एन्ड एफएस संकटमा परेको थियो । डीएचएफएलले मात्र नभई सबै एनबीएफसीहरू ठूलो वित्तीय संकटबाट गुज्रिरहेका छन् ।
उनको कम्पनीले ४४,००० करोडको दायित्व पूरा गर्ने आधार हाउसिंग फाइनेन्स लिमिटेड, आवास फाइनेंशियल, डीएचएफएल प्रमेरिका ट्रस्टी र डीएचएफएल ट्रस्टी लिमिटेडको सम्पत्ति बेच्न खोजेको छ । नौ पृष्ठको यो पत्रमा कपिल वधवानले आफूसँग रहेको डीएचएफएलको १० हजारदेखि १५हजार करोडको कलेक्सन छ यो बैंकलाई दिन तयार छन् ।
प्रतिक्रिया दिनुहोस