वीरगञ्ज । कागजपत्र मिलाएर हुने नीतिगत भ्रष्टाचारमा प्रदेश २ अग्रस्थानमा देखिन थालेको छ । एकपछि अर्को यस्ता भ्रष्टाचारका नमूना सार्वजनिक भइसकेका छन् । सत्तासीन दलले कागजी बन्दोबस्त मिलाएर आफ्ना नेता र कार्यकर्ता पोस्न धमाधम योजनाको ठेक्का सुम्पिएको पाइएको छ ।
पर्साको पोखरिया-लङ्गडी-मिर्जापुर र परवानीपुर-पर्सौनी बजार सडक निर्माणको ठेक्का यसको पछिल्लो उदाहरण हो । यी दुवै सडक निर्माणको ठेक्का तत्कालिन संघीय समाजवादी फोरम (हाल समाजवादी पार्टी नेपाल) बाट प्रदेशसभा सदस्य बनेका सिंहासन साह कलवारको निर्माण कम्पनीलाई दिइएको छ ।
यसअघि मिलेमतोमा कलवारको निर्माण कम्पनीलाई ठेक्का पारिएको खुलासा भएपछि प्रदेश २ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले प्रक्रिया रद्द गरेको थियो । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस