
काठमाडौं। चालु आर्थिक वर्षको दुई महिनामा गत वर्षको भन्दा आयातमा कमि आएको देखिएको छ। अघिल्लो वर्षको भदौ महिनासँग तुलना गर्दै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो देखिएको हो।
प्रतिवेदन अनुसार यस अवधिमा एक खर्ब ७८ अर्ब ८५ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको छ। नेपाल राष्ट्र बैंकले जारि गरेको मासिक प्रतिवेदन अनुसार भदौसम्म आयात २२.१ प्रतिशतले घटेको हो।
तर, चामल, कच्चा सोयाविन तेल, दूरसञ्चार उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइलालगायतका बस्तुको भने आयात विगतको तुलनामा बढि छ। त्यसैगरी कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, यातायात साधन तथा पार्टपुर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा, तयारी पोशाकको आयात विगतको तुलनामा कम भएको देखिएको छ।
पेट्रोलियम र सवारी आयात कम हुनुको कारणका रुपमा लकडाउन र निषेधाज्ञा हुन् भने भारतले पाम आयात बन्द गरेकाले नेपालले पनि कच्चा पदार्थ ल्याउन कम गरेको हो।
नेपाल सरकारले निर्यातलाई प्राथमिकतामा राखेको बेला साउन र भदौ महिनामा निर्यात साढे १० प्रतिशतले बढेर २० खर्ब ४४ करोड पुगेको छ। दुई महिनामा आयुर्वेदिक औषधि, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिनालगायतका बस्तुको निर्यात बढेको छ। यहि अवधिमा अघिल्लो बर्ष करिव २६ प्रतिशतले निर्यात बढेको थियो। पामतेल, दाल, जुस, लत्ताकपडा, जस्तापाताको निर्यात भने घटेको छ।
प्रतिक्रिया दिनुहोस