aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

ट्रम्पको खाता चीनको बैंकमा !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
ट्रम्पको खाता चीनको बैंकमा !

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता चीनको बैंकमा रहेको खुलासा भएको छ। न्युयोर्क टाइम्सको दाबीअनुसार चीनको एक बैंकमा आफ्नो खाता रहेको कुरा स्वयं ट्रम्पले स्वीकार गरेका हुन्।  

उक्त बैंकको खाता ट्रम्प इन्टरनेसनल होटल्स म्यानेजमेन्टको नियन्त्रणमा छ र सन् २०१३ देखि २०१५ सम्म त्यही खाताबाट स्थानीय कर बुझाएको पाइएको छ।  

ट्रम्पका प्रवक्ताका अनुसार एसियामा होटल इन्डस्ट्रिजसँग सम्बन्धित सम्झौताको सम्भावना पत्ता लगाउन खोलिएको थियो।  राष्ट्रपति ट्रम्प चीनमा व्यापार गर्ने अमेरिकी कम्पनीको आलोचना तथा चीनविरुद्ध व्यापारिक युद्ध गरिरहन्छन्।  

न्युयोर्क टाइम्स पत्रिकाले डोनाल्ड ट्रम्पको कर अभिलेखबाट चीनको बैंकमा पनि ट्रम्पको खाता रहेको रहस्य खुलेको हो। जसमा ट्रम्पको व्यक्ति र संस्थागत दुवैका वित्तीय विवरण थिए।  

पत्रिकाले आफ्नो पछिल्लो रिपोर्टमा के दाबी गरेको थियो भने सन् २०१६–२०१७ मा जब ट्रम्प राष्ट्रपति बने, त अमेरिकी संघीय करका रूपमा उनले जम्मा ७५० अमेरिकी डलर कर भुक्तान गरेका थिए।  

तर ट्रम्पले यसबारे स्पष्टीकरण दिँदै करबाट बच्ने सबै नियमको फाइदा लिएकाले कम कर दिनुपरेको दाबी गरेका छन्। पत्रिकाको ताजा रिपोर्टअनुसार ट्रम्पले चिनियाँ बैंक खाताबाट स्थानीय कर १,८८, ५६१ अमेरिकी डलर भुक्तान गरेका छन्।  

प्रतिक्रिया दिनुहोस