aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

ललितपुरमा जीपले ठक्कर दिँदा एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
ललितपुरमा जीपले ठक्कर दिँदा एकको मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारी पुलमा सामान बोक्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट ललितपुरतर्फ गइरहेको बा १२ च ४२२८ नम्बरको बोलेरो गाडीले आज बिहान ५ बजे ठक्कर दिँदा ललितपुर इमाडोलका ७८ वर्षीय बाबुकाजी श्रेष्ठको मृत्यु भएको हो । 

ठक्कर दिएर भागेको जीपलाई प्रहरीले कालोपुलबाट नियन्त्रणमा लिएको र फरार भएका चालकको खोजी भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस