
काठमाडौं । आगामी असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ । रेलवे विभागले आगामी असोजबाट जयनगर–जनकपुर–कुर्था गुड्ने ३५ किमि रेल गुडाउने अन्तिम तयारी पूरा गरेको छ । नेपालमा भएको एउटै जनकपुर जयनगर रेल ६ वर्षदेखि पूर्णरुपमा बन्द थियो ।
यसका लागि विभागले ८५ करोडमा दुई वटा आधुनिक रेल खरिद गर्न भारतको कोनकोल रेल्वे कर्पोरेसनसँग सम्झौता गरेको छ । सम्झौताअनुसार तीन महिनापछि उक्त दुई रेल जनकपुर आइपुग्ने विभागका महाप्रबन्धक बलराम मिश्रले बताए । आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस