
एजेन्सी । पुरानो तथा ठूलो भारतको बहुराष्ट्रिय औषधि उद्योग डा रेड्डीमा साइवर हमाला भएको छ । उक्त हमालापछ कम्पनीका विश्वभरका सबै कारखानाहरूको काम रोकेको छ । कम्पनीमा साइबर अट्याकका कारण धेरै सर्भरहरूको डाटामा ह्याकरको पहुँच पुर्याएको कारण काम रोकिएको हो । कम्पनी भन्छ कि काम अर्को २४ घण्टापछि काम सुचारु गर्ने कम्पनीले बताएको छ ।
केहि दिन अघि नै डा. रेड्डीले भारत सरकारको ड्रग कन्ट्रोलर जनरलको अनुमति लिएर कोविद १९ को रूसी खोप परीक्षणको दोस्रो र तेस्रो चरणको लागि पाएको थियो । यस साइबर हमलाको खबर पाए पछि डा. रेड्डीको शेयर भारतको बीएसईमा झण्डै ४ प्रतिशतले गिरावट भएर ४८३२ अंकमा आइपु्गेको छ ।
स्टक एक्सचेन्जलाई दिएको जानकारीमा कम्पनीले साइबर हमलालाई ध्यानमा राखी आफ्नो सबै डाटा सेन्टरहरू अलग्गै रहेको बताएको छ । डा. रेड्डीको भारत, रसिया, बेलायत, अमेरिका र ब्राजिलमा कारखाना छन्। समाचारका अनुसार यो साइबर हमला बुधवार राती २ः ३० बजे भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस