aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

विश्व बैंकसंग २४ अर्ब ऋण लिने सरकारको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
विश्व बैंकसंग २४ अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौं । विश्व बैंकले दिने २४ अर्ब बराबरको ऋण सहयोग लिने सरकारले निर्णय गरेको छ । कार्तिक ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विश्व वैंक समूहको अन्तर्राष्ट्रिय संंस्थाबाट बजेटरी सहायता अन्र्तगत प्राप्त २ सय मिलियन अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ २४ अर्ब बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपालमा सञ्चालित उद्योगहरुमा नेपाली कामदारले गर्न नसक्ने कामका लागि निश्चित मापदण्ड बनाएर विदेशी कामदार ल्याउन स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस