aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

रेडक्रसको तदर्थ समितिको म्याद १ वर्ष थपिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
रेडक्रसको तदर्थ समितिको म्याद १ वर्ष थपिने

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको म्याद १ वर्षका लागि थप गरिने भएको छ। सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले हालै बसेको मन्त्रिपरिषद‍्को बैठकले कोभिड १९ का कारण नयाँ निर्वाचन सम्भव नभएको र कामकाज जारी राख्नका लागि बाधा अड्काउ फुकाउने गरी सो निर्णय गरेको  जानकारी दिएका हुन् । 

कोरोना संक्रमणको कारण नयाँ कार्यसमितिको निर्वाचन गर्न अप्ठ्यारो भएकाले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिलाई १ वर्षभित्र नयाँ निर्वाचन गर्न आग्रह गरेको छ । रेडक्रस सोसाइटी उत्पन्न विवादपछि सरकारले गत साउन १२ गते सोसाइटीको कार्यसमिति विगठन गरी तदर्थ समिति बनाउने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस