काठमाडौं । आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिदैँछ । नेपाली सेनाले आज दिउँसो झण्डै आधा घण्टा फूलपाती बढाइँ प्रतिकात्मक गर्ने भएको हो ।
उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी फूलपाती बढाइँ समारोहमा सहभागी हुने कार्यक्रम छ । यसवर्षको फूलपाती बढाइँ साङ्केतिक रुपमा मात्र आयोजना गरिने नेपाली सेनाले जनाएको छ । अघिल्ला वर्षहरुमा सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ हर्षोल्लासका साथ मनाउँदै आएको थियो ।
कोरोनाको सङ्क्रमणबाट उत्पन्न परिस्थितिका कारण संस्कृति र परम्परालाई जीवन्तता दिन आयोजना गरिएको कार्यक्रममा सहभागी हुनेहरुलाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।
प्रतिक्रिया दिनुहोस