aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

प्रहरी जवानका गुनासाः विदा नपाएकादेखि हाकिमले दुव्यवहार गरेकासम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ कार्तिक २०७७
प्रहरी जवानका गुनासाः विदा नपाएकादेखि हाकिमले दुव्यवहार गरेकासम्म

काठमाडौं । नेपाल प्रहरीका जवान र हवल्दारहरूले बिदा नपाएकोदेखि हाकिमहरूले दुव्र्यवहार गर्नेसम्मका गुनासो गरेका छन् । प्रहरीले गरेको देशव्यापी सर्वेक्षणमा उनीहरूले मुख्यगरी आठवटा समस्या झेल्नुपरेको बताएका छन् । 

तल्लो तहका कर्मचारीले जागिर छाड्ने क्रम अत्यधिक बढेपछि उनीहरूको समस्या बुझ्न प्रहरीले नौ महिना लगाएर स्थलगत रूपमै अध्ययन गरेको थियो । बिहीबार महानिरीक्षक शैलेश थापा क्षेत्रीले ‘नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरूको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरूसम्बन्धी अध्ययन प्रतिवेदन’ सार्वजनिक गरेका छन् । 

प्रतिवेदनमा प्रहरी जवान र हवल्दारले मुख्यगरी आठवटा समस्या बताएका छन् । जसको पहिलो नम्बरमा नियमावलीमै तोकिएको बिदासमेत नपाएको उनीहरूको गुनासो छ । बिदा नपाउँदा परिवार भेट्नसमेत नपाएको उनीहरूको दुःखेसो छ । प्रहरीले ३० दिन घर बिदा तथा १२ दिन भैपरी आउने बिदा पाउने व्यवस्था छ । तर, थोरै प्रहरीले मात्र यो बिदाको सदुपयोग गर्न पाउने गर्छन् । 

यस्ता छन् गुनासा 
( नियमअनुसारको बिदा पाइएन 
( ड्युटी समय धेरै भयो 
( सरुवा–बढुवा समयमा हुँदैन, पारदर्शी पनि भएन
( हाकिमद्वारा राम्रो व्यवहार हुँदैन 
( स्केलका सामान पर्याप्त पाइँदैनन्
( खान पुग्ने रासन भत्ता पाएको छैन
( घरपायक सरुवा हुँदैन
( विदेश तालिम र शान्ति मिसनमा अवसर पाइएन 

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस