aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अमिताभ बच्चनको ट्विटर ह्याक, पाकिस्तानी प्रधानमन्त्री फोटो प्रोफाइलमा राखियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ जेठ २०७६
अमिताभ बच्चनको ट्विटर ह्याक, पाकिस्तानी प्रधानमन्त्री फोटो प्रोफाइलमा राखियो

एजेन्सी । बलिउड महानायक अमिताभ बच्चनको ट्विटर ह्याक भएको छ । पाकिस्तान समर्थित टर्कीको टर्कीस् साइबर आर्मी ‘अयिल्दज टिम’ ले बच्चनको ट्वीटर एकाउन्ट ह्याक गरेको हो ।  अमिताभको ट्विटरमा टर्की र पाकिस्तानबारे जोडिएका सन्देश पोस्ट गरिएको छ । ह्याकर्सले उनको प्रोफाइल फोटो पनि परिवर्तन गरिदिएका छन् ।

अमिताभको स्थानमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको फोटो राखेको छ । ट्विटरमा निकै सक्रिय रहेको बच्चनका ३ करोड ७४ लाख फलोअर छन् । यद्यपी उनको ट्विटर रिकभर गरेर ह्याकरका सबै ट्विट हटाइएको छ ।

ह्याकर्सले अमिताभको ट्विटर ह्यान्डलमा लेखेका थिए, ‘यो संसारका लागि एक सन्देश हो । हामी टर्कीका खेलाडीमाथि आइसल्यान्ड रिपब्लिकको रबैयाको निन्दा गर्दछौं । हामी प्रेमको कुरा गर्छौ तर, ठूलो छडी राख्छौं र तपाईलाई यहाँ ठूलो साइबर हमलाको कुरा गर्दैछौं । अयिल्दिज टिम टर्कीस साइबर आर्मी ।’

टर्कीको फुटबल टिम यतिबेला २०२० को युरोकप छनोट खेलका लागि आइसल्यान्ड गएको थियो । त्यहाँ पुग्दा टर्कीका खेलाडीमाथि खानतलासी भएको थियो ।

ट्विटर एकाउन्ट ह्याक भएको विषयमा बच्चनले प्रहरी र साइबर युनिटलाई जानकारी गराएका थिए । यतिबेला प्रहरीले थप अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


 

प्रतिक्रिया दिनुहोस