
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यका कोरोना भाइरसको संक्रमणको केन्द्र बनेको बताएका छन् । देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले महामारीको संक्रमणको वेग थामिन केही समय लाग्ने समेत बताएका छन्। संक्रमण रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले सम्पूर्ण प्रयास केन्द्रित गरेको प्रधानमन्त्री ओलीले देशवासीका नाममा गरेको सम्बोधनमा बताए। सरकारले उपचारको दायित्व पुरा गर्न कुनै पनि बहानामा पछि नहट्ने बताए। महामारीविरुद्धको खोपको सहज पहुँचका लागि सरकार क्रियाशील रहने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस