aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

प्रधानमन्‍त्री निवासमा दसैँको टीका नहुने, जो जहाँ छौँ त्यहीँ बसेर दशैँ मनाउन प्रधानमन्त्रीको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ कार्तिक २०७७
प्रधानमन्‍त्री निवासमा दसैँको टीका नहुने, जो जहाँ छौँ त्यहीँ बसेर दशैँ मनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । यस वर्षको दशैँमा प्रधानमन्त्री निवासमा टिका नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै विगतका वर्षमा नेता कार्यकर्ता, शुभेच्छुक र इच्छुक आम नागरिक प्रधानमन्त्री निवास पुगेर दसैँको टीका ग्रहण गर्ने गरेको भए पनि यस वर्ष प्रधानमन्त्री निवासमा टिका नहुने बताएका हुन् । 

साथै, उनले यसपालीको दशैं आफू रहेकै स्थानमा मनाउन देशवासीलाई अपील गरेका छन्। ‘यस महामारीको संक्रमणबाट आफू जोगिनु र आफन्तलाई पनि जोगाउनु अहिलेको प्राथमिक काम हो’, प्रधानमन्त्रीले सम्बोधनमा भने, ‘त्यसैले, यसपालीको बडादशैं, हामी जो जहाँ जहाँ छौं, त्यहीँ त्यहीँ रहेर मनाउन म सबैसँग विनम्र अनुरोध गर्न चाहन्छु।’

प्रधानमन्त्री ओलीले संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखेर आफूले यसपालि प्रधानमन्त्री निवासमा हुने ‘बडादशैंको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन दिएको समेत बताए।  प्रधानमन्त्रीले २०७२ सालको महाभूकम्प स्मरण गर्दै विनाशकारी भूकम्प गएको वर्ष पनि दशैं आएको र भूकम्पमा बेघर भएका धेरैले पालमुनि बसेर भए पनि परम्परा धानेको उल्लेख गरे।
 

प्रतिक्रिया दिनुहोस