aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

ग्याष्ट्रिकका बिरामीले दशैँमा के खाने, के नखाने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ कार्तिक २०७७
ग्याष्ट्रिकका बिरामीले दशैँमा के खाने, के नखाने ?

हिन्दू नेपालीको महान् चाड हो, दशैँ । दशैँ भन्ने बित्तिकै खानपान जोडिन्छ । तर, दशैँको रमझममा रमाउँदै गर्दा स्वास्थ्य प्रति पनि सजगता अपनाउन चिकित्सकले बारम्बार अनुरोध गर्दै आएका छन् । 

दशैँमा मिलेसम्म घरमै खसी काट्ने नभए छिमेकसँग मिल्ने या बजारबाट मासु ल्याएर पकाउने परम्परा नै हो । रातो टीका र जमराको पर्व भनेर चिनिने दशैं मासुबिना टार्न हत्तपत्त नेपालीको मन मान्दैन ।

तर, रोगपालेर बसेकाहरुको लागिथोरै सावधानी नअपनाए दशैं दशाबन्न सक्छ । मुटु रोगीको लागिमात्र हैन सामान्य ग्यास्ट्राइटिस लागि धेरै मासु खाँदा केही कुरामाभने ध्यान पु¥याउनु जरुरी छ । सामान्य कुरालाई वेवास्ता गरे, अस्पतालमा बास हुन सक्छ दशैंमा ।

मानव शरीरमा धेरै हुने समस्यामध्ये ग्याष्ट्रिक पनि एक हो। खानपानको असन्तुलन र हेलचेक्राइ गरेमा यो रोग लाग्दछ । चिकित्सकीय भाषामा ‘प्रिभ्रेन्सन इज बेटर द्यान क्युर’ भनिन्छ । त्यसैले रोग लाग्नुभन्दापहिले सावधानी अपनाए रोग लाग्नै रोक्नु उत्तम हो । ७५ प्रतिशतभन्दा बढी मानिसलाई खानपिनको कारण ग्याष्ट्रिक भएको देखिन्छ ।

अहिले ग्यास्ट्राइटिस नभएको मानिस नेपाली हुन सक्दैन भन्ने गरिन्छ । यो एकदम गलत हो । खानपिनमा सन्तुलनग¥यो भने ग्यास्ट्राइटिसले छुँदैन । वास्तवमा ग्यास्ट्राइटिस रोग नै होइन । तर, यसले दशैमा धेरैलाई पिरोल्छ । 

शारीरिक व्यायमगर्ने, चिल्लो पिरो नखाने र योग गर्ने हो भने ग्यास्ट्राइटिस आफै हराएर जान्छ । तर, ग्यास्ट्राइटिस हुँदा हेलचेक्राइगर्ने थाल्यो भने अल्सर, क्यान्सर जस्ता खतरनाक रोग लाग्न सक्छ । दशैको बेलाचिल्लो पिरो नखाने भन्ने असम्भव जस्तै छ। तर, अरु खानासँग सन्तुलन मिलाएर खाएमा धेरै असर हुन्न । खाली पेटमा र एकैपटक धेरै खानु हुन्न। त्यस्तै पकाउँदा पिरो र चिल्लो कम गर्नु पर्छ । ग्यास्ट्राइटिसबाट अल्सर र क्यान्सर हुने हुँदा खानपानमा विशेष ध्यान पु¥याउनुपर्छ ।

त्यसो भए के खाने त ?
फाइवरयुक्त, भिटामिन युक्तहोलग्रेन्स खाना, क्याल्सियम, एन्टी अक्सिडेन्ट, चिकेन, माछा, हरियो सागपात गेडागुडी र अण्डा समय मिलाएर खानुपर्छ ।
प्रचुर मात्रामा प्रोटिन युक्तखाना जस्तै माछा, मासु, गेडागुडीले पनि एचपाइलोरी क्रोनिक ग्यास्ट्राइटिसको संक्रमणबाट जोगाउने पत्तालागेको छ। तर, यसको मात्रा मिलाउनु पर्छ। मासुले ग्यास्ट्राइटिस ठिक हुन्छ भनेर मासु मात्र खानुहुन्न।

दहीमाहुने ’प्रोबायोटिक बटर मिल्क’ले पनि ग्याष्ट्रिकलाई ठिक गर्न सहयोग गर्छ ।

अमिलो जातका फलफुल, गेडागुडी, पिडालु, प्याज काउलीमा पाइने फ्लेमोन्वाइडस अनि स्याउ, बेसार, ग्रीन टी, अंगुरमापाइने पोलीफिनोल्सले पेटको संक्रमण गर्ने एचपाइलोरी व्याक्टेरिया फैलिनबाट जोगाउँछ ।

ग्याष्ट्रिकका बिरामीले के नखाने?
कोल्ड ड्रिङ्क्स, चिया, कफी, बढी चिल्लो बोसो भएको खाना, मैदाबाट बनेको खानेकुरा जस्तै पास्ता, सेतो ब्रेड, कुकिज केक, चिनी, धुमपान, मध्यपान, पोलेका मासुहरु नखाने गर्नुपर्छ । 

यसबाहेक अनावश्यक रुपमा दुखाई कम गर्ने पेन किलर औषधीहरु सेवन नगर्ने, सेकुवा लगायतका पोलेका खानेकुरा, मद्यपान र धुमपान नगर्ने, खाना एकैपटक धेरै खानु भन्दा थोरै÷थोरै पटक÷पटक गरेर खाने। नियमित समयमा सुत्ने र नियमित समयमा उठ्ने कुरालाई इमान्दार भएर पालन गर्ने गर्नु पर्छ । 

समयमा नै एचपाइलोरी किटाणुको जाँच अनि उपचार गर्ने जसले अल्सर र क्यान्सर जस्तो ठूलो रोगबाट जोगाउँछ । आफन्त, छिमेकी र साथीभाइको कुरा सुनेर प्रमाणित नभएका बिभिन्न औषधीहरु र जडिबुटीको सेवन नगर्ने, विशेषज्ञ डाक्टरसँग जँचाएर उनको सल्लाहअनुसार औषधी सेवनगर्ने र अनुशासित जोन शैली अपनाउने गर्नु पर्छ । 
 

प्रतिक्रिया दिनुहोस