काठमाडौं । ललितपुर, मोरङ र पर्साका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । ललितपुर, ललितपुर महानगरपालिका(४ नख्खुस्थित सडकमा बा।८ च १५८१ नम्बरको कारले को।२९ प ५०६२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका(१४ थसिखेल बस्ने सिरहा घर भएका २८ वर्षीय एलु घलेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका घलेको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही महानगरपालिका(४ जावलाखेल बस्ने मकवानपुर घर भएका २१ वर्षीय सजित परियारको सोही अस्पतालमा उपचार भईरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, कानेपोखरी गाउँपालिका(७ कानेपोखरी जंगलस्थित सडकमा शनिबार साँझ हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुषको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मंगलबारे अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले पहिचान तथा खोजी कार्य गरिरहेको छ ।
पर्सा, बीरगंज महानगरपालिका(१६ नगवाचोकस्थित सडकमा ना।३ ख ९४२८ नम्बरको टिपर, अनटेष्ट लेखेको ट्याक्टर र सोही स्थान बस्ने ३२ वर्षीय गौरी शंकर मिश्राले चलाएको साईकल आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा साइकलयात्री गौरी शंकर मिश्राको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका साइकल यात्री मिश्राको नारायणी अस्पताल बीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै फरार ट्याक्टर चालकको खोजी कार्य गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस