aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

नेपाल स्वर्ग होः कतारी राजदूत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ कार्तिक २०७७
नेपाल स्वर्ग होः कतारी राजदूत

कापिबस्तु । नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताएका छन । नेपालका नागरिक विश्वकै राम्रा र  यहाँको प्राकृतिक वातावरण हराभरा सुन्दर भएको उनको भनाइ छ ।

यहाँका नेपालीको अवस्था बुझ्न आएका राजदूत हेलले नेपाल अति नै सुन्दर रहेको बताएका हुन ।  कपिलवस्तुका नागरिक कतारमा बढी नै सङ्ख्यामा भएकाले उनीहरुको परिवार र बाललिबालिकाको अवस्था बुझ्न यहाँ आएका हुन । रोजगारीका सिलसिलामा कतारमा रहेका लगनशील नेपालीको रहनसहन, बोली, भाषा, दैनिकी, जीविकोपार्जनको अवस्था बुझ्न आएको राजदूत हेलले जानकारी दिए । कतारी राजदूतले यहाँका बालिबालिका संसारकै राम्रा  रहेको जनाउँदै तिनको शैक्षिक अवस्था सुधार गर्न स्थानीयवासीसँग आग्रह गरे । 

 कपिलवस्तुको भौतिक संरचना, सडक, बत्ती, स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रको विकासका लागि कतार नेपाल सरकारसँग हातेमालो गर्न तयार रहेको उहाँले बताए ।

    राजदूत हेलले रुपन्देहीको लुम्बिनी र कपिलवस्तुको कृष्णनगर क्षेत्रको अवलोकन गर्नाका तथा बालबालिकाका अवस्थाका बारेमा जानकारी लिएका थिए ।  । सो अवसरमा  जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री अकबाल शाहले राजदूतलाई कृष्णनगर क्षेत्रको अवलोकन गराई वस्तुस्थितिबारे जानकारी गराएका थिए । 

नेकपाको भ्रातृ सङ्गठन मुस्लिम इत्तेहात संगठनका केन्द्रीय अध्यक्ष सिराज फारुकीले नेपालीले कतारमा दुःख गरेकाले कतार सरकारले तिनको तलब बढाउनुपर्ने प्रस्ताव राखेका थिए । आइतबार बिहान यहाँ  आएका  राजदूत साँझ काठमाडौँ फर्केका छन ।

प्रतिक्रिया दिनुहोस