aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

प्रेमिसँग विवाद हुँदा भारतीय नागरिकको ज्यान गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ कार्तिक २०७७
प्रेमिसँग विवाद हुँदा भारतीय नागरिकको ज्यान गयो

भक्तपुर । भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक  शाहीव हुसैनको  हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भई हाल  भक्तपुर ईटापाको मेटल कारखानामा बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई हाल सोही कारखाना बस्ने २३ वर्षीय सलमान खान रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिए ।
 
शनिबार राति करिब ९ बजे तीन जनासँगै बसेर मदिरा सेवन गरेको र सोही क्रममा सलमानकी प्रेमिकालाई शहीदले अपशब्द प्रयोग गरेपछि कोठामा फर्कने क्रममा खान र अन्सारीले ढुङ्गा तथा इँटाले मुख र टाउकोमा हानेर हत्या गरी नर्कटघारीमा शव खसालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आज बिहान पैदलयात्रीले शव देखेर प्रहरीलाई खबर गरेपछि अनुसन्धानका क्रममा प्रहरीले ती दुईलाई पक्राउ गरेको र घटनाबारे ती दुई स्वीकार गरेको प्रहरी उपरीक्षक थापाले बताए । घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । रासस
 

प्रतिक्रिया दिनुहोस