बर्दिया । सशस्त्र प्रहरी बल नेपाल नं ३१ गण हेडक्वाटर बर्दिया तथा मातहत कार्यालयले अवैध भारतीय रकम सहित एक महिलालाई पक्राउ गरेको छ । बर्दियबाट खटिगएको गस्ति टोलीले बर्दिया जिल्लाका बिभिन्न नाकाहरुबाट भारतबाट अबैधरुपमा नेपालतर्फ प्रवेश गर्ने क्रममा ती महिलालाई पक्राउ गरेको हो ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं ४ किरण नाला बस्ने बर्ष ३५ की बिमला शाहीलाई खानतलासी गर्दा उनको झोलामा भारतीय प्रतिबन्धित रु चार लाख पाँच हजार पाँच सय फेला परेकोले महिलालाई सशस्त्र प्रहरी बल पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस