aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

सभापति देउवाको अपील घर-डेरामै सीमित रहेर पर्व मनाऔं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० कार्तिक २०७७
सभापति देउवाको अपील  घर-डेरामै सीमित रहेर पर्व मनाऔं

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध र अपील गरेका छन ।

उनले विजया दशमीका अवसरमा आज सन्देश दिई स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभ–कामना व्यक्त गर्दै कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न आग्रह गरे । पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सांस्कृतिक पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन ।
 
सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको  र बनाउनुपर्ने उल्लेख गरेका छन ।  विजयादशमीका अवसरमा सभापति देउवाले आफू र कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्का छन ।

प्रतिक्रिया दिनुहोस