एजेन्सी । एक नेपाली महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । संयुक्त अरव ईमिरेट्स (युएई) रहेकी ३० वर्षीया अलिसा सुवालले तिम्ल्याहा बच्चा जन्माएकी हुन् । स्क्यान गर्दा जब डाक्टरले चाडैं तिम्ल्याहा सन्तान जन्माउनाुहुन्छ भनेकी थिए उनले भनिन । उनका श्रीमान विवेक श्रेष्ठ यूएईको सेक्युरेटी कम्पनीमा सुपरभाइजरको रुपमा काम गर्छन । यी तीन छोरीहरुको नाम भियाना, अभिलाषा र अरियाना राखिएको छ ।
यूएईको मेडिअर अस्पताल अन्तर्गत अब्स्टेट्रिक्स र गाइनेकोलोजी विभागका प्रमुख डाक्टर वालिद इल सेर्बिनीका अनुसार सामान्यत ६ हजार ४ सय जना गर्भवतीमध्ये एक जनामा मात्रै तिम्ल्याहा सन्तान हुने उनको दावी छ ।
प्रतिक्रिया दिनुहोस