काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली चर्चित गीत रेशम फिरिरि गाएकी छन् । उनले गाएको भिडियो टिव्टरमा हालेर भनेकी छिन, मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस ।
गीतको क्लिप १ मिनेट २९ सेकेन्डको गीतको क्लिप उनले आफ्नो ट्वीटर अकाउन्टमा शेयर गरेकी छन् । नेपालीहरुको महान चाड बडा दसैंको मुख्य दिन आफूले गाएको गीत नेपालीहरुको महान चाड दशैंको दशमीका दिन सेयर गर्दै ‘यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् भनेकी छिन ।
प्रतिक्रिया दिनुहोस