aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

यसरी गर्नुहोस् दक्षिणाको सदुपयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ कार्तिक २०७७
यसरी गर्नुहोस् दक्षिणाको सदुपयोग

काठमाडौं । नेपालीहरुले धेरै खर्च गर्ने चाडहरु मध्ये दशैँ पनि एक हो तर पनि खर्चसंगै दशैँको अर्को पाटो आम्दानी पनि हो । घरको सानो सदस्य, नयाँ बेहुला–बेहुली, छोरीहरु र उमेर पाका भएकाहरुले दशैँमा धेरै दक्षिणा पाउने गर्दछन् । तर, त्यो  दक्षिणा सदुपयोग गर्न भने धेरैले जानेकाहुदैनन् । दक्षिणालाई जोगाएर राख्ने मन हुदा हुदा पनि खर्च भइरहेको हुन्छ । कतिपय अवस्थामा थोरै पैसाको सदुपयोग गरेर कसरी राम्रो ठाउँमा लगानी गर्ने भन्ने ज्ञान नहुँदा फजुल खर्च मै  दक्षिणा सकिएको हुन्छ ।

थोरै लगानीले पनि भविष्य निर्माणका लागि सहयोग पुर्याउन सक्छ । चाहना भएमा दशैंमा प्राप्त दक्षिणा जीवनका महत्वपूर्ण घडीमा काम लाग्ने स्थानमा लगानी गर्न सकिन्छ । तर, त्यसका लागि सानो रकम कसरी र कहाँ सदुपयोग गर्ने भन्ने कुराको अनभिज्ञता तोड्न जरुरी छ ।

बैकंमा बचत खाता खोलेर जम्मा गर्ने  
सानै रकमबाट सामान्य बचत शुरु गर्न पनि सकिन्छ । जहाँ तपाईको दक्षिणाको सही सदुपयोग हुनसक्छ । दशैंमा जम्मा भएको दक्षिणा बैंक खाता सञ्चालन गरेर जम्मा गर्न पनि सकिन्छ । भनिन्छ नि, आजको बचत नै भविष्यको सारथी हो ।

सानो सानो पैसा जम्मा गरेर नै धेरै बचत हुने गर्दछ । त्यसैले बैंकमा बचत गर्नु पनि राम्रो हुन्छ । थोरै पैसाले कुनै ठूलो काम नबने पनि बिस्तारै जम्मा गर्दै गएको रकमले पछि भविष्यमा कुनै ठूलो काम गर्न पनि सकिन्छ ।

दशैंमा जम्मा भएको रकमबाट बीमा गर्ने
दशैंमा जम्मा भएको रकमबाट बीमा गर्न पनि सकिन्छ । बीमा गर्नका लागि ठूलै रकम चाहिन्छ भन्ने  छैन । आफूलाई उपयुक्तहुने बीमा योजना छनौट गर्न पनि सकिन्छ । रकम चुक्ता गर्ने समय कतिपयलाई बोझिलो लाग्न पनि सक्छ । त्यसैले दशैं पछिको अवधिलाई बीमा शुल्क भुक्तान गर्ने अवधि बनाएर दशैंमा जम्मा भएको दक्षिणा पनि त्यसैमा समावेश गर्न सकिन्छ ।

बचतको अर्कोउपाय, शेयरमा लगानी
दशैंमा जम्मा भएको रकम शेयर बजारमा पनि लगानी गर्न सकिन्छ । शेयर बजारम ालगानी गर्नका लागि ठुलै पुँजी चाहिन्छ भन्ने पनि होइन । सानो रकमबाट पनि शेयर बजारमा लगानी गर्न सकिन्छ । यसका लागि तपाईहरुले शेयर बजारको बारेमा राम्रोसँग बुझ्न र अध्ययनगर्न भने जरुरी छ । नयाँ कम्पनीहरुले निष्काशन गर्ने साधारण शेयर (आइपीओ)बाट पनि लगानी गर्न सक्नुहुनेछ ।

दशैंपछि धेरै कम्पनीका आइपीओहरु बजारमा आउने तयारीमा रहेकाले तपाईले आफ्नो दशैँको दक्षिणालाई त्यसैमा लगानी गर्न सक्नुहुनेछ । शेयरमा लगानी गर्नका लागि धेरै रकम पनि नचाहिने भएकाले दशैंमा जेजति रकम जम्मा हुन्छ, त्यसबाटै पनि शेयर किन्न सकिन्छ । सानो रकम अर्थात् एक हजार रुपैयाँबाटै शेयरमा लगानी गर्न सकिन्छ । त्यसैले फजुल खर्च घटाएर ससानो रकमबाट आजैदेखि बचत शुरु गर्नुहोस् । 
 

प्रतिक्रिया दिनुहोस