aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ कार्तिक २०७७
तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बरमा

बेइजिङ ।  तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो सन् २०२० को नोभेम्बर ५ देखि १० तारिखसम्म शाङहाईमा आयोजना हुने भएको छ। त्यसको लागि सञ्चारमाध्यम दर्ता सेवारत केन्द्र सेप्टेम्बर २४ देखि अक्टोबर २० तारिखसम्म खुला रहनेछ।

महामारीको नियन्त्रणको कारणले तेस्रो आयात एक्स्पो मुख्यतया चिनियाँ पत्रकार तथा चीनको मुख्य भूमिमा रहेका विदेशी पत्रकारलाई निमन्त्रणा गरिएको छ। पत्रकारहरूले आधिकारिक वेभसाइट, एप्स तथा वीच्याट खातामा दर्ता गर्न पाउने जनाइएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस